जापानी भाषा सिक्ने कक्षा छ!

更新日:2025年10月24日

ページID: 11859

तुरुन्तैउपयोगीहुनेजापननजभाषाक्लास @ताम्बासहर

जापानी भाषा सिक्न चाहने मानिसहरूको लागि “तुरुन्तैउपयोगीहुनेजापननजभाषाक्लास@ताम्बासहर” आयोजना गरिन्छ।
यस कक्षामा तपाईं कचरा छान्ने तरिका, विपद् (आपतकालीन स्थिति) जस्ता दैनिक जीवनसँग सम्बन्धित शब्द र बोल्ने तरिका सिक्नुहुनेछ।
यसले तपाईंलाई दैनिक जीवनमा जापानी भाषा प्रयोग गरेर धेरै कुरा गर्न सक्ने बनाउँछ।

कक्षामा सहभागी हुन सक्ने व्यक्ति

कक्षा लिन सक्ने व्यक्ति
Tamba शहरमा बस्ने व्यक्ति,
Tamba शहरमा काम गर्ने व्यक्ति,
Tamba शहरको विद्यालयमा पढ्ने व्यक्ति,
र उमेर १५ वर्ष वा सोभन्दा माथि भएका मानिस।

・सूचना

यो कक्षा जापानी भाषा पहिलो पटक सिक्ने व्यक्ति वा साधारण जापानी बुझ्ने व्यक्ति का लागि हो।
जापानी राम्रोसँग बोल्न सक्ने वा पढ्न र लेख्न सक्ने व्यक्ति यस कक्षाको लक्ष्य समूह होइनन्।

कक्षा हुने मिति र समय

कक्षा २०२५ नोभेम्बर २९ देखि २०२६ जनवरी ३१ सम्म हरेक शनिबार हुनेछ।
कुल ८ पटक कक्षा हुनेछ।
(नोभेम्बर २९, डिसेम्बर ६, डिसेम्बर १३, डिसेम्बर २०, जनवरी १०, जनवरी १७, जनवरी २४, जनवरी ३१)
कक्षा समय: बिहान १०:३० देखि दिउँसो १२:३० सम्म

・सूचना

डिसेम्बर २७जनवरी ३ मा कक्षा हुँदैन।

स्थान

ताम्बा सहर
२ तल्ला, Yume Town, Hongo 300, Hikami-cho, Tamba-shi, Hyogo

कक्षा शुल्क

निःशुल्क – पैसा तिर्नु पर्दैन।


)

दर्ता

कक्षा लिनका लागि पहिले दर्ता गर्नुपर्छ
नोभेम्बर २० भित्र दर्ता गर्नुहोस्।
तलको लिङ्कबाट दर्ता गर्न सकिन्छ

https://logoform.jp/form/bwxv/1240512

・सूचना

यो कक्षामा १० जना मात्र सहभागी हुन सक्छन्
यदि १० जना दर्ता भए, त्यसपछि दर्ता गर्न सकिँदैन

तुरुन्तैउपयोगीहुनेजापननजभाषाक्लास @ताम्बासहर

この記事に関するお問い合わせ先

人権啓発センター 人権推進係
〒669-3692 兵庫県丹波市氷上町成松字甲賀1番地
(氷上住民センター別館内)
電話番号:0795-82-0242

メールフォームによるお問い合わせ